झापा  / आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

आयाेगले सानोठिमी क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न त्रिभुवन विश्वविद्यालयमार्फत् निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन आचारसंहिता लागू भइसकेपश्चात विज्ञापन खोलेकोभन्दै सानोठिमी क्याम्पस प्रमुखलाई आयोगले स्पष्टीकरण समेत सोधेको छ । 

आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ ।