काठमाडौँ /  आज सुनको मुल्यमा स्थिरता आएको छ । छापावाल सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीवार चाँदीको मूल्यमा भने १० रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको  छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।