काठमाडौं / हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।  दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो ।

बलियो वर्ड अफ माउथको प्रभाव दोस्रो साताको विकडेजमा स्पष्ट देखिने प्रक्षेपण गरिएको छ । आउँदो साता प्रतीक्षित हलिउड फिल्म ब्ल्याक प्यान्थर २ र नेपालमै छायांकन भएको बलिउड फिल्म उचाइ रिलिज हुने भएपछि महापुरुषको तेस्रो साताको भविष्य वर्ड अफ माउथमै निर्भर हुनेछ ।