काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ थियो । हिजो आइतबार तोलामा ५० रुपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ ।