एजेन्सी / आलिया भट्ट र रणवीर कपुर आमाबाबु बनेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।