झापा / बङ्गलादेशलाई हराउँदै पाकिस्तान आइसीसी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडिलेड ओभलमा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको हो । 

समूह –२ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । बङ्गलादेशले दिएको १ सय २७ रनको लक्ष्य पाकिस्तानले १८/ १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर आजमले क्रमशः ३२ र २५ रनको योगदान गरे । मोहम्मद हरिसले २ छक्का र १ चौकाको मद्दतमा ३१ रन जोडे ।

OM Sai Pathibhara Hospital

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, नसुम अहमद, शकिब अल हसन र इबादोत हुसेनको नाममा एक–एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए ।

ओपनर लिटन दास ८ बलमा १ छक्कासहित १० रनमा आउट भए । उनी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीका बलमा शन मसुदबाट क्याच भए । 

सौम्य सरकार १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए । पाकिस्तानका लागि शाहिन अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले ४ विकेट लि