काठमाडौं / निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । 

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

OM Sai Pathibhara Hospital

आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ ।

‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड –५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन’ निर्देशन दिइएको छ ।

करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको छ ।