OM Sai Pathibhara Hospital
  • आर. शर्मा

बिर्तामोड / निर्वाचनको मिति नजिकिसँगै झापा क्षेत्र नम्बर –३ मा आम चासो बढ्न थालेको छ । दुई हेभिवेट नेताहरू अलग अलग विचारको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका कारण यतिबेला सबैको ध्यान क्षेत्र नम्बर –३ मा परेको हो । 

कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई यसपटक परिणाम आफ्नो पक्षमा पार्नुपर्ने चुनौति छ । राप्रपाले झापाको –३ नम्बर क्षेत्रलाई आफ्नो राजधानीको रुपमा लिएको छ । नेता लिङ्देन पार्टी अध्यक्ष बनेपछि चौथो पटक यस क्षेत्रबाट कांग्रेस नेता सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । 

कांग्रेसभित्र कूटनीतिक र शालीन छवि बनाएका प्रभावशाली नेता सिटौलालाई यसपटक राजेन्द्र लिङ्देनलाई पराजित गरेर पुरानो विरासत फर्काउनु पर्ने चुनौति छ । अलगअलग गठबन्धनबाट चुनावमा होमिएका दुवै नेताले आफूले जित हासिल गर्ने दावी गरिरहेका छन् । सिटौला आफूले परिवर्तन पक्षधर गणतन्त्रवादी शक्तिहरूको दर्बिलो साथ पाएका कारण निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गर्छन् । 

झापाली जनताले २०६२/६३ को दोस्रो जनआन्दोलनमा झापा सदरमुकाममा परिवर्तन विरोधीहरूले गरेको कामको मूल्याङ्कन यसपटक जनताले गर्ने बताउँछन् । दुबै नेताले यसपटक विचारलाई मूल एजेन्डा बनाएका छन् । राजेन्द्र लिङ्देन राप्रपाले बोकेको राजतन्त्र संसद्बाटै व्युताउँन आफूहरूको जित अनिवार्य रहेको बताउँछन् ।

गणतन्त्रलाई संस्थागत विकास गर्न र भएका परिवर्तनलाई जोगाउन गणतन्त्रवादीहरुले जित्नुपर्ने कांग्रेस नेता सिटौला को दावी छ । झापा –३ का मतदाता भने यसपटक गणतन्त्रवादी नेता सिटौलाकै पक्षमा मतदान गर्ने बताएका छन् ।