काठमाडौँ / यू -१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पहिलो खेल खेल्दैछ । बङ्गलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बङ्गलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।