काठमाडौं / काठमाडौं महानगरपालिका -९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँ सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिमलाई रहेका छन् ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍यान्ड ब्यागेज चेकिङ एरियाको एक्स- रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

OM Sai Pathibhara Hospital