काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले कम हो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।