काठमाडौँ / नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुई लघुवित्त संस्थाहरू बीच असोज २६ गते मर्जर सम्बन्धी सम्झौता भएको हो ।

मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने भएको छ । नयाँ संस्थाको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको नै हुने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

मर्जरपछि एकीकृत लघुवित्तको पूँजी कोष २ अर्ब बढी हुनेछ । हाल नेशनलको चुक्ता पूँजी ५८ करोड ६६ लाख र जगेडा कोषमा ७४ करोड ९४ लाख सञ्चिति छ ।

त्यस्तै, समिटको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ३३ लाख रुपैयाँ छ ।