काठमाडौं /  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको  । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।

दसैँ बिदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ । सोमबार सुनको मूल्य ८०० रुपैयाँले ओरालो लागेको थियो ।
यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।