झापा / आज (मंगलबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । 

सोमबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार तीन सय थियो भने आज ९० हजार ९०० रुपैयाँ पुगेको थियो । 

OM Sai Pathibhara Hospital

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।