झापा / नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिने भएको छ । 

एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले आज (सोमबार) देखि नै सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’ मार्फत टिकट बुकिङ सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।