काठमाडौँ / धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मण्डल र साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका –६ बस्ने नागेन्द्र भन्ने रञ्जित साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।

OM Sai Pathibhara Hospital

उनीहरूले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।

विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।