झापा / सरकारले कच्चा तेलको आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्यमा गिरावट आएको छ । सरकारले २१ भदौ देखि कच्चा तेलको शुल्कमा कटौती गरेपछि खाने तेलको मूल्य लिटरको २० रुपैयाँले घटेको हो । 

अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल गत साउन यता खानेतल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडवाडको मुखमा त्यसले उपभोक्तालाई अझै राहत मिलेको हो । 

OM Sai Pathibhara Hospital

सरकारले कर घटाएर नेपाली उपभोक्ताले राहत पाउने अवसर दिएपनि सीमापार बजारमा त्यही अनुरूप मूल्य कायम गरिदिँदा माग भने उस्तै देखिएको व्यापारीहरूको गुनासो छ । 

असारमा तोरी तेलको उत्पादन (फ्याक्ट्री मूल्य) मूल्य प्रतिलिटर ३२०, सनफ्‌लावरकाे प्रतिलिटर उत्पादन मूल्य ३३०, सोयाबिनको ३००, पामतेल २२५ पुगेको थियो । अहिले तोरीको २९५ देखि ३०० र अन्यको २५०, २२० र १८० मा झरेको छ । 

रुस–युक्रेन युद्धका कारण रोकिएको कच्चाको अहिले आयात सहज बन्दै गएको छ । जसको प्रभाव साउन पछि क्रमशः परेको थियो ।  सरकारले महसुल घटाएपछि उपभोक्तालाई ठूलो राहत हुने देखिएको छ ।