काठमाडौं / साताको पहिलो दिन नेपाली बजारमा  सुनको मूल्य घटेको छ । आज आइतबारको दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी तोलामा एक हजार १७० रुपैयाँ कायम भएको छ ।