काठमाडौँ / सुनको मूल्य आज (शुक्रबार) तोलामा एक हजार रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।