बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागी पर्चा पम्प्लेट बितरण तथा माइकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ ।

असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरूमा चेतना मूलक माइकिङ तथा पर्चा पम्प्लेटहरू बितरण गर्ने कार्यको थालनी गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामीण इलाकाहरू सम्म पुग्ने गरी आजैबाट चेतना मूलक माइकिङ तथा पर्चा पम्प्लेटहरू बितरण गर्ने कार्य सुरु हो