झापा / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सयले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।