विराटनगर / विराटनगरमा टीभीएसको ग्रान्ड एक्सचेन्ज मेला मङ्गलबारबाट सुरु भएको छ । टीभीएसको आधिकारिक बिक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मेला सुरु भएको हो । 

मङ्गलबारबाट सुरु भएको मेला असोज १० गतेसम्म सञ्चालन हुने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए । मुनालपथ स्थित पञ्जाबी पेट्रोल पम्प अगाडि सञ्चालन भइरहेको मेलामा टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सचेन्ज गर्न सकिने उनको भनाइ छ ।

OM Sai Pathibhara Hospital

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने उनको भनाइ छ ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्यूनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने उनले बताए ।