झापा  / राजस्व छलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका –१२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। 

OM Sai Pathibhara Hospital

प्रहरीले जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को रमेश यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार राजस्व छलि गरेर ल्याएको चालिस लाखको सामान समेत बरामद गरिएको छ । बरामद गरेको कपडा 
आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।