एजेन्सी / कोही मानिस एकै रातमा करोडपति भयो भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, भारतीय एक अटो ड्राइभर एकै रातमा करोडपति बनेका छन् ।

भारतको केरलास्थित श्रीबरहमका अटो चालक अनुपले २५ करोड भारतीय रुपैयाँको चिठ्ठा जितेपछि उनी एकाएक करोडपति बनेका हुन् ।

OM Sai Pathibhara Hospital

उनलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे –७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो। शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए। 

उनले भनेका छन्,  ‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५०० रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन ।’  २५ करोड भारुको चिठ्ठा जितेका उनले कर कटौतीपछि १५ करोड ७५ लाख रुपैयाँ पाउनेछन्। चिठ्ठा जितेको खबर उनकी श्रीमती मायाले दिएकी थिइन्।

अनुप अटो चालक हुनुअघि फुटपाथमा खाजा बेच्थे।