काठमाडौँ / बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
‘इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको छ’, आईजीपी सिंहले भने । केही दिन अघि एक १७ वर्षीय किशोरीले सन्दीप विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आएका छैनन् ।