काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ ।