एजेन्सी  / भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। 

फोर्ब्सको रियल–टाइम अर्बपतिहरूको सूची अनुसार अडानी शुक्रबार फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।

OM Sai Pathibhara Hospital

अडानी र उनको परिवारको कुल सम्पत्ति १५५.४ अर्ब डलर पुगेको छ। अडानी अब टेस्ला प्रमुख इलन मस्क भन्दा पछि छन् जसको कुल सम्पत्ति २७३.५ अर्ब डलर रहेको छ।

त्यस्तै अमेजनका संस्थापक जेफ बेजोस १४९.७ अर्ब डलरको कुल सम्पत्तिका साथ तेस्रो नम्बरमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको १०५.३ अर्ब डलर, ल्यारी एलिसन ९८.३ अर्ब डलर र वाल स्ट्रिटका लगानीकर्ता वारेन बफेट ९६.५ अर्ब डलरको नेटवर्थ रहेका छन्।

गत महिना मात्रै अडानीले गेट्सलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका थिए।