झापा / साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलका लागी आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ । यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

OM Sai Pathibhara Hospital