बिर्तामोड  / एमीटी बाल क्लबले बुधबार एक कार्यक्रम आयोजना गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । 

यस बाल क्लबले बिर्तामोडस्थित एमीटी एजुकेसन फाउण्डेसनको प्राङ्गणमा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने राष्ट्रिय नाराका साथ ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको हो । 

OM Sai Pathibhara Hospital

बाल दिवसको अवसरमा यस बाल क्लबले सांस्कृतिक कार्यक्रम (नृत्य)बक्तित्वकला प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रममा यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएका थिए । 

Untitled-1

एमीटी बाल क्लबका अध्यक्ष सुवास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एमीटी एजुकेसन फाउन्डेसनका संस्थापक एवम् एमीटी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधेश्याम शर्मा ढकाल, सरोज पौडेल र केपी खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन यसै विद्यालयका शिक्षक गणेश प्रकाश र विद्यार्थीले गरेका थिए । 

306605630_459128156233914_3855070107326521590_n

नेपालमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको हो ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । 

1

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।