झापा  / श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल खेल कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा आज राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले दुईवटै म्याचमा लगातार जित हात पार्‍यो । समूह चरण अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई २–१ र दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको छ भने सेमिफाइनलमा आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको छ । 

OM Sai Pathibhara Hospital

नेपालको अबको लक्ष्य भारतलाई हराउँदै उपाधि जित्नु हुनेछ । भारतको रणनीति समूह चरणको बदला लिँदै उपाधि आफ्नो पक्षमा पार्नु हुनेछ । 

त्यस्तै भारतले समूह चरणमा भुटानलाई ३–० ले हराउँदा नेपालसँग ३–१ ले पराजित भएको थियो । तर, सेमिफाइनलमा भने भारतले  बंगलादेशलाई २–१ ले पराजित गरेको छ ।