काठमाडौँ  / सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

OM Sai Pathibhara Hospital

सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो समयमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदनको म्याद थपिने कम्पनीले बताएको छ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।