झापा  / नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर आज सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै आइतबार ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ। 

महासङ्घका अनुसार सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।