काठमाडौँ / ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर सिल गरेको छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान अन्तर्गत महानगरको आफ्नै जग्गामा रहेको पेट्रोल पम्प मापदण्ड विपरित रहेकोले सिल गरिएको हो । 

OM Sai Pathibhara Hospital

महानगरले लामो समयदेखि सञ्चालनमा रहेको सो पेट्रोल पम्पलाई त्यहाँबाट हटाउन विगत ६ महिनादेखि निर्देशन दिँदै आएको थियो । नमानेपछि आइतबार महानगरका प्रमुख महर्जनको उपस्थितिमा सिल गरिएको हो। केहि समयमा पेट्रोल पम्प हटाउने महर्जनले बताए ।