झापा / बलात्कारको आरोप लागेका निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किँदै छन् । सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेका हुन्।

यता अध्यागमन विभागले भने लामिछानेलाई नेपाल आउनसाथ पक्राउ गर्ने गरी कालोसूचीमा राखेको छ । सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले गत बिहीबार पक्राउ अनुमति दिएपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । 

OM Sai Pathibhara Hospital

सन्दीप फर्किएलगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको समेत बताएका थिए। 

भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए। क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल भने खेल्न पाएनन्। 

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्‍याएर थिए ।

नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए । तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाडौँ फर्किसकेका थिए । तर किशोरी बस्ने होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्‍याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा बताएकी छन्।

किशोरीमाथि जबरजस्ती करणी भएको होटलमा सन्दीप र किशोरी राति ११ बजेर ५५ मिनेट जाँदा प्रवेश गरेको र बिहान साढे ६ बजे निस्किएको सीसीटिभी फूटेजमा देखिएको प्रहरीको भनाई रहेको छ ।