झापा / ‘साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण’ भन्ने आदर्श नाराका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । 

OM Sai Pathibhara Hospital

नेपालमा तत्कालीन राजा विरेन्द्रले वि.स. २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिवसका अवसरमा सन्देश दिँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।