काठमाडौं /  नाबालिकामाथि जबरजस्ती करणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीप विरुद्ध जबरजस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।

OM Sai Pathibhara Hospital

डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’

डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्दीप माथि भदौ ५ गते एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दर्ता गराएका छन् ।