झापा  / पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १५८ छ ।