झापा / कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । 
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।
नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाएको बताइएको छ । कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।
                    
                                        
                                                                                                
        








        




























