काठमाडौँ  / त्रिभुवन विश्वविद्यालयमा द्विपक्षीय विद्यार्थीहरुबीच झडप भएको छ । 

आइतबार विश्वविद्यालयले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरू बीच झडप भएको हो ।

OM Sai Pathibhara Hospital

त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गर्दा नेपाली कांग्रेस निकट नेविसङ्घले सम्मेलन नगर्न दबाब दिएको थियो । सोही क्रममा 
नेविसंघ र अनेरास्ववियूबीच विवाद भएको थियो । 

त्यस्तै एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुंगा प्रहार समेत गरेको थियो । उक्त घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् । 

त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्मचारीमा त्रासको अवस्था सृजना भएको बताएको छ ।

नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ । तर, त्रिविले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको दावी गरेको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरू माथि कारबाही गरिएको दावी गरेका हुन्

उनले कारबाही गरिएकाहरूको नाम भने सार्वजनिक नगर्ने बताए । नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने उनको भनाइ छ । त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोर्होयाए पछि विरोध भएको थियो।