बिर्तामोड /  झापाको गौराहदमा आइतबार बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गौरादह नगरपालिका –१ का मुनिलाल शर्माले गौराहद –२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो । 

OM Sai Pathibhara Hospital

आइतबार बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको उनले बताए । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।