काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले शुक्रबार भारतको फुटबल सङ्घलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । 

OM Sai Pathibhara Hospital

यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११–३० अक्टोबरमा भारतमै हुनेछ।

त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ। फिफाले अगस्ट १५ मा एआईएफएफ माथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।