बिर्तामोड  / नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार १६५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।