झापा / पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४ हजार २२१ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।