झापा / हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीनजना पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर –१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई –७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशल कुमार शाह र धनुषाको जनकपुर –३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले घण्टाघर र कलंकीबाट पक्राउ गरेको हो ।

घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सञ्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोयन्काको कर्मचारी रहेका शाहले श्रेष्ठको कार्यालयमा हुन्डीको रकम लिन आएको बेला छापा मारिएको थियो ।