हेटौडा  / पछिल्लो समय सहकारी संस्थाको बदमासी बाहिरिने क्रम बढेको छ । सहकारीमा बचतकर्ताहरुले आफ्नो गाँसै काटेर बचत गरेका हुन्छन् । 

तर, केहि सहकारीकर्मीहरुको बदमासीका कारण सहकारी क्षेत्र नै धराशायी बन्दै गएको मात्रै छैन, सहकारी प्रति आम नागरिकको धारणा नै बद्लिने अवस्थाको शीर्जना भएको छ । 

OM Sai Pathibhara Hospital

बचतकर्ताको रकम ठगी गरेको आरोपमा हेटौँडास्थित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव घलान पक्राउ परेका छन् । 

हेटौँडा उपमहानगरपालिका –२ स्थित जनचेतना स्वावलम्बन बचत तथा स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरूले बचत गरेको करिब ७० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा धादिङ फूलखर्क घरभई हाल हेटौँडा –८ बस्ने ४० वर्षीय अधिकारी र ३२ वर्षीय घलानलाई पक्राउ गरेको हो । 

अधिकारी र कोषाध्यक्ष घलान विरुद्ध ४० जनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । 

 ‘पीडितहरुको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौँ । उहाँहरु विरुद्ध अहिले करिब ६० लाख रुपैयाँ ठगीको आरोप छ । यो अझै बढेर जाने हाम्रो आंकलन छ,’ उनले भने । अध्यक्ष अधिकारी र कोषाध्यक्ष घलानले पीडितहरूको पासबुक समेत कब्जा गरेर राखेको आरोप छ ।

यस्तै सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारी संस्थाको घोटाला प्रकरणमा पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

उनीसहित दर्जनौँ व्यक्ति २०७८ असोजमा पक्राउ परेका थिए । इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो । वर्षौँदेखि बचत गर्दै आएको रकम ठगी गरेको भन्दै १ हजार ५ सय बढी पीडितले सिआइबीमा जाहेरी दिएका थिए ।

अनुसन्धान सकेपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गत मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसमा इच्छाराज र केशवलाल श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।