झापा / नेपाल राष्ट्र बैंकले देशमा प्रतिबन्धित क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमार्फत कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

पछिल्लो समयमा त्यस्ता माध्यमबाट अवैध लगानी गर्न र गराउने कार्य हुदै आएपछि राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरी देशभित्र र बाहिर सो कारोबार गर्ने व्यक्ति र कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको हो ।

OM Sai Pathibhara Hospital

देशभित्रका व्यक्ति तथा कम्पनी, विदेशी संस्था, देशबाहिर बसोबास गर्ने नेपाली, नेपालमा दर्ता भई विदेशमा रहेका फर्म, कम्पनी र संस्था यस्ता कारोबारमा संलग्न भएमा, प्रयोग, सदस्यता, स्वामित्व ग्रहण गरेमा वा माइनिङ, विप्रेषण गरेमा कानून अनुसार कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता कारोबार गैरकानूनी रहेको तथा अत्याधिक जोखिम भएकाले कारोबार नगर्न पटकपटक सचेत गराउँदै आएपनि यस्तो अवैध धन्दा नरोकिएको राष्ट्र बैँकको भनाइ छ । 

यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानी, ठगी, कर छली, पुँजी पलायन, सट्टेबाजीजस्ता जोखिम अन्तरनिहित रहेको पनि राष्ट्रले उल्लेख गरेको छ। 

नेपालमा बिटक्वाइनसहितका भर्चुअल करेन्सीलाई मुद्राको रूपमा कानूनी मान्यता नदिएका कारण यसलाई गैरकानुनी मानिदै आएको छ । पाएको छैन। यसमा राष्ट्र बैंकले कुनै पनि सुरक्षण दिएको छैन।