काठमाडौं / पछिल्लो २४ घण्टामा देशभरमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३८३ जनाको आरटी पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४२ हजार ५३२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या ५४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४६२ जना कोरोनाका सक्रिय सङ्क्रमितहरू विभिन्न आइसोलेनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७६ हजार ९३७ पुगेको छ ।