बिर्तामोड / लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको झापाको बिर्तामोड –५ मा अवस्थित एमिटि कलेजले ११ का विद्यार्थीहरूलाई लागि अभिमुखीकरण सहित स्वागत  कार्यक्रम गरेको छ । 

सिने प्लाजाको सभाहलमा बुधबार भएको अभिमुखीकरणमा कलेजका प्रधानाध्यापक आर। एस ढकालले कलेजमा अध्ययन अध्यापन हुने विषयबारे जानकारी दिएका थिए । 

OM Sai Pathibhara Hospital

एमिटि कलेजले स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको प्रधानाध्यापक ढकालले बताए । 

त्यस्तै कलेजले विभिन्न सङ्कायमा भर्ना भइ अध्ययन सुरु गरेका कक्षा ११ का विद्यार्थीलाई समेत स्वागत गरेको छ । कार्यक्रममा कलेजका शिक्षक, शिक्षकहरूले विद्यार्थीलाई अबिर र खादा लगाएर स्वागत गरेका हुन् । 

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको थियो । कक्षा १२ का विद्यार्थीहरूले वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा सायरीहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । 

कार्यक्रमका सभापति समेत रहेका कलेजका प्रधानाध्यापक आर एस ढकालले एमिटि कलेज आज यो स्थानमा आइपुग्नुमा कलेज व्यवस्थापकसँगै शैक्षिक क्षेत्रमा लागेका सबै विद्यालय, शिक्षक, विद्यार्थीहरूको समेत उल्लेख्य भूमिका रहेको बताएका छन् । 

२०५६ सालमा स्थापना भएको यस कलेजमा प्लस्टुमा होटल मेनेजमेन्ट, बिजनेश स्टडी र कम्प्युटर साइन्स पढाइ हुँदै आइरहेको छ ।