झापा / देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ ।

नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको हो । 

OM Sai Pathibhara Hospital

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षको अवधिमा झण्डै १४ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २३९ विद्युतीय सवारी साधन आयात भएका थिए भने आव २०७५/७६ मा यो सङ्ख्या ४ हजार ७४५, आव २०७६/७७ मा ५७५ मात्रै सवारी साधन भित्रिएका थिए । 

त्यस्तै आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आयात घटेर २६१ मा सीमित भयो । सो आवमा तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधनमा अत्यधिक मात्रामा कर वृद्धि गरेपछि विद्युतीय सवारी साधनको आयातमा अत्यधिक गिरावट देखिएको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात क्रमशः बढ्न थाले पनि अघिल्लो आवको नकारात्मक प्रभावले काम गरि नै रह्यो । आव २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ८०७ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।