बिर्तामाेड / झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले सीटीइभीटीको तीन वर्षे डिम्पलोमा इन होटल म्यानेजमेन्टका लागि भर्ना खुलाएको छ ।
माध्यमिक तह र स्नातक तहमा होटल म्यानेजमेन्ट विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो कलेजले यसै वर्षदेखि तीन वर्षे डिप्लोमाको पनि पठाइ सुरु गरेको हो ।

विद्यार्थीको बढ्दो माग र आवश्यकतालाई मध्यनजर गर्दै आदर्श कलेजले होटल म्यानेजमेन्टको तीन वर्षे डिप्लोमाको अध्यापन शुरु गरेको कलेजका निर्देशक सन्जोग खरेलले बताए ।

२०७४ सालमा स्थापना भएको यस कलेज बिर्तामोड नगरपालिका –१ स्थित पुरानो यातायात कार्यालयदेखि दुई सय मिटर दक्षिणमा छ । पूर्वाधार युक्त आदर्श स्कुल अफ म्यानेजमेन्ट निधि एचएमको एउटा ब्लक हो ।
कलेजले आफ्ना साझेदार संस्था आदर्श ब्याङ्क्वेट, बृज क्याफे, टीङटङ डेलिभरि सर्भिस, आदर्श सरगम फिदिमसँग मिलेर विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि समेत पठाउने गरेको बजार प्रतिनिधि प्रमुख दीपक दासको भनाइ छ ।
एसईई पास गरेपछि के विषय पढ्ने भन्ने अन्योलमा परेका विद्यार्थीका लागि आदर्श आदर्श स्कूल अफ म्यानेजमेन्ट एउटा गतिलो शैक्षिक संस्था बन्न पुगेको छ ।